रघुगङ्गाका सबै विद्यालयमा ‘बोल्ने किताब’को प्रयोग

नेपालभ्युज

रघुगङ्गाका सबै विद्यालयमा ‘बोल्ने किताब’को प्रयोग

म्याग्दी। म्याग्दीको रघुगङ्गा गाउँपालिकाका सबै सामुदायिक विद्यालयमा बालबालिकालाई प्रविधिमैत्री शिक्षणका लागि ‘बोल्ने किताब’को उपलब्धता गराइएको छ। गाउँपालिकाभित्र रहेका ३३ सामुदायिक विद्यालयका आधारभूत तहको पठनपाठनलाई प्रविधिमैत्री बनाउनका लागि बोल्ने किताबलाई प्रयोगमा ल्याइएको हो।

‘बालबालिकाको इच्छा, प्रविधिमैत्री शिक्षा’ भन्ने नाराका साथ गाउँपालिकाभित्रका सबै विद्यालयमा कक्षा ५ सम्मका बालबालिकालाई पठनपाठनमा प्रयोग गर्ने गरी उक्त बोल्ने किताबलाई प्रयोगमा ल्याइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिए।

प्रतिसेट रु ६५ हजार लागतमा ३३ वटा बोल्ने किताबको सामग्री खरिद गरी सबै विद्यालयलाई उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ। गाउँसभाबाट विनियोजन भएको रु २२ लाख ६५ हजार बजेटबाट प्रविधियुक्त बोल्ने किताबको डिजिटल पुस्तक र विद्युतीय कलमलगायत सामग्री खरिद गरी शिक्षकहरूलाई अभिमुखीकरणसमेत गरेर उपलब्ध गराइएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताए।

विद्यालयहरूले बालकक्षादेखि ५ कक्षासम्म उक्त बोल्ने किताबलाई पालैपालो शिक्षणमा उपयोग गर्दै आएका छन्। प्रविधियुक्त बोल्ने किताब शिक्षण विधिले विद्यार्थीलाई आकर्षण गरेको रघुगङ्गा–३ को ज्ञानोदय माविका शिक्षक उर्मिला रेग्मीले बताए।

”मनोरञ्जन र ज्ञानवद्र्धक कुरालाई समेटिएको किताबमा कलमले देखाउँदा आफैँ बोलेर पढाउने भएकाले विद्यार्थीलाई थप उत्सुकता र मनोरञ्जन मिल्ने गरेको छ, शिक्षणमा प्रविधिको प्रयोगलाई बढवा दिन यसले थप प्रेरित गरेको छ”, उनले भने।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved