लेटाङ घटना: पक्राउ परेका २२ जनामाथि अनुसन्धान हुँदै

मोरङको लेटाङमा स्थानीय बासिन्दा र प्रहरीबीचको झडपमा प्रहरी जवान उर्मिला श्रेष्ठको ज्यान गएपछि अनुसन्धानका गर्नका लागि २२ जनालाई पक्राउ गरिएको छ।

नेपालभ्युज

लेटाङ घटना: पक्राउ परेका २२ जनामाथि अनुसन्धान हुँदै

काठमाडौं। मोरङको लेटाङमा स्थानीय बासिन्दा र प्रहरीबीचको झडपमा प्रहरी जवान उर्मिला श्रेष्ठको ज्यान गएपछि अनुसन्धानका गर्नका लागि २२ जनालाई पक्राउ गरिएको छ। तोडफोड, आगजनी र हिंसात्मक गतिविधिमा संलग्न भएको आशङ्कामा उनीहरूलाई पक्राउ गरिएको हो।

अस्ति आइतबार लेटाङ–५ को खेरुवामा रहेको विद्यालय क्षेत्र तनावग्रस्त बनेको थियो । गएको शुक्रवार होलीको दिन विद्यालयका शिक्षक मनोज पौडेलले एक छात्रालाई यौन दुर्व्यवहार गरेको विषयमा विवाद हुँदा अस्ति स्थानीय बासिन्दा र प्रहरीबीच झडप भएको थियो।

झडपमा प्रहरी जवान उर्मिला श्रेष्ठको ज्यान गएको हो। घटनामा केही प्रहरी र स्थानीय बासिन्दा समेत घाइते भएका थिए। यसअघि पनि शिक्षक पौडेलले छात्रामाथि दुर्व्यवहार गरेको आरोप लागेको थियो। तर, पटक पटक उनलाई कारबाही हुनबाट जोगाएको भन्दै स्थानीय बासिन्दा आक्रोशित भएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved