साफ यू–१८ महिला च्याम्पियनसिप: भारतसँग नेपालको फेरि अर्को हार

नेपालभ्युज

साफ यू–१८ महिला च्याम्पियनसिप: भारतसँग नेपालको फेरि अर्को हार

काठमाडौं। साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलमा नेपाल पुनः पराजित भएको छ। जमसेदपुरमा भएको खेलमा भारतले नेपाललाई ५–१ ले पराजित गर्‍यो। भारतका लागि एस लिन्डा कोमले ह्याट्रिक पूरा गर्दा हेमाम सिल्की देवी र अनिता कुमारीले एक–एक गोल गरे। नेपालका लागि सन्दीपा भोलानले एक गोल गरिन्।
हेमामले १६ औँ मिनेटमा भारतलाई सुरुआत अग्रता दिलाइन्। लिन्डाले २३ औँ मिनेटमा भारतको अग्रता दोब्बर बनाइन्। लिन्डाले ३८ औँ मिनेटमा अर्को गोल थपिन्। ५६ औँ मिनेटमा अनिता कुमारीले भारतका लागि चाैथौँ गोल गरिन्। लिन्डाले ६२ औँ मिनेटमा ह्याट्रिक पुरा गरिन्। सन्दीपा भोलानले ७९ औँ मिनेटमा नेपालका लागि गोल गरिन्। नेपालले अन्तिम खेल बंगलादेशविरुद्ध मार्च २३ मा खेल्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved