‘फ्लोरा एक्पो’ १० चैतदेखि

पुष्पजन्य वस्तुको बजार विस्तार तथा प्रवर्द्धनका लागि गरिँदै आएको एक्पो कोरोना महामारीका कारण विगतका दुई वर्षदेखि हुन सकेको थिएन।

नेपालभ्युज

‘फ्लोरा एक्पो’ १० चैतदेखि

काठमाडौं। महामारीको त्रास कम भएसँगै दुई वर्षपछि यही १० चैतदेखि १३ गतेसम्म २३ औँ ‘फ्लोरा एक्पो–२०७८’ को आयोजना हुने भएको छ।

पुष्पजन्य वस्तुको बजार विस्तार तथा प्रवर्द्धनका लागि गरिँदै आएको एक्पो कोरोना महामारीका कारण विगतका दुई वर्षदेखि हुन सकेको थिएन।

मेलामा जम्मा ६२ ओटा प्रदर्शनी कक्ष रहने छन्। जहाँ मौसमी फूल, आलङ्कारिक बोट बिरुवा, कट फ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो, कृषि औजार उपकरण, थोपा सिँचाइ प्रविधि र आधुनिक पुष्प खेती प्रविधिको प्रदर्शन रहने फ्लोरि कलचर एसोसिएसन नेपालले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको छ।

मेलामा ४५ हजार अवलोकनकर्ताले अवलोकन गर्ने तथा ७५ लाखसम्मको आर्थिक कारोबार हुने आयोजक संस्थाले अपेक्षा गरेको छ। हाल नेपालमा खपत हुने फूलमध्ये ९१ प्रतिशत नेपालमै उत्पादन हुन्छ भने अझै पनि ९ प्रतिशत फूल विदेशबाट आयात गर्नुपर्ने अवस्था रहेको संस्थाका अध्यक्ष मीनबहादुर तामाङले जानकारी दिए।

महामारीकै कारण यसक्षेत्रका व्यवसायी अन्य पेसामा पलायन हुँदा गतवर्ष ३८ करोड रुपैयाँको फूल आयात गर्नुपरेको थियो। त्यस्तै ४२ लाख रुपैयाँको मात्रै निर्यात गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइयो।

फूलको मागमा आएको वृद्धिसँगै विशेषगरी काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४३ जिल्लामा पुष्पखेती विस्तार भइसकेको छ।

नेपालमा हाल व्यावसायिक रूपमा ४५० प्रजातिका फूल उत्पादन हुँदै आएको छ। नेपालमा लगभग १५७ हेक्टर क्षेत्रफलमा ७०० व्यवसायीले यसको खेती गर्दै आएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved