भेरीमा खस्यो मिनी ट्रक: सहचालकको मृत्यु, एक जना बेपत्ता

नेपालभ्युज

भेरीमा खस्यो मिनी ट्रक: सहचालकको मृत्यु, एक जना बेपत्ता
फाइल फोटो

सुर्खेत। भेरी नदीमा मिनी ट्रक खस्दा सहचालकको मृत्यु भएको छ।

सोमबार राति साढे १ बजे रुकुमपश्चिमको आठबिसकोटदेखि खुद्रा सामान लिएर डोल्पाको खदाङतर्फ जाँदै गरेको नम्बर नखुलेको मिनी ट्रक नदीमा खसेको थियो। उक्त दुर्घटनामा स्थानीय ट्रक सहचालक २२ वर्षीया धनबहादुर बोहराको मृत्यु भएको कर्णाली प्रदेश प्रहरीका कार्यालय प्रहरी नायव उपरीक्षक तथा सह–प्रवक्ता गणेशबहादुर बमले बताए।

यस्तै आठबिसकोटकै २३ वर्षीया अनिल बिक बेपत्ता भएको प्रहरीमा प्रहरीले खोजी कार्य जारी राखेको जानकारी उनले दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved