रूसी आक्रमणपछि भागेकी युक्रेनीले जितिन् हाई जम्पमा स्वर्ण

नेपालभ्युज

रूसी आक्रमणपछि भागेकी युक्रेनीले जितिन् हाई जम्पमा स्वर्ण

एजेन्सी। लडाइँले क्षत–विक्षत बनेको युक्रेनलाई पनि खुसी हुने अवसर मिलेको छ। यस देशकी २० वर्षीया यारोस्लावमा महुचिखले सर्बियाको बेलग्रेडमा जारी वल्र्ड इन्डोर च्याम्पियनसिपमा हाई जम्पतर्फ देशलाई स्वर्ण दिलाएकी हुन्।

युक्रेनमा रूसले हमला गरेपछि अन्य देशवासीजस्तैयारोस्लावा महुचिखले पनि धेरै समस्याहरू झेल्नुपर्‍यो। रूसी बम हमलाबाट बच्नका लािग उनी आफ्नो घर छाडेर एउटा बंकरमा आएर लुकिन्।

त्यसको केही दिनपछि उनी युक्रेनबाट बाहिर निस्कन सफल भइन् र भागेर सर्बिया पुगिन्। यसपछि उनले वल्र्ड इन्डोर च्याम्पियनसिपमा भाग लिएर देशलाई स्वर्ण दिलाएकी हुन्।

बेलग्रेडमा महुचिखले स्वर्ण जितेपछि उपस्थित भएका दर्शक र आयोजकले आफ्नो कुसीबाट उठेर उनीप्रति सम्मान दर्शाएका छन्। यसअघि महुसचिखले टोकियो ओलम्पिकमा देशलाई काँस्य पदक जिताएकी थिइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved