ज्योति फाउण्डेशनद्वारा हिमाली क्षेत्रका लागि स्वास्थ्य सामग्री सहयोग

नेपालभ्युज

ज्योति फाउण्डेशनद्वारा हिमाली क्षेत्रका लागि स्वास्थ्य सामग्री सहयोग

काठमाण्डौं। होण्डा ब्राण्डका जेनेरेटर तथा अन्य होण्डा पावर प्रोडक्टहरूको नेपालका आधिकारिक बिक्रेता ज्योति फाउण्डेशनअन्तर्गतको स्याकार ट्रेडिङ कम्पनीले स्वास्थ्य सामग्री सहयोग गरेको छ।

विशेषगरी स्वास्थ्य सेवाको पहुँच कम भएका हिमाली क्षेत्रका अति विकट ठाउँमा स्वास्थ्य सेवा तथा हिमालय उद्वारको काम गर्ने गैरसरकारी संस्था हिमालय उद्धार संघलाई कम्पनीले स्वास्थ्य सामग्री सहयोग गरेको हो।

आज एक कार्यक्रमकाबीच ज्योति समूहका अध्यक्ष पद्म ज्योति, ज्योति फाउण्डेशनका सञ्चालक मिरा ज्योति र स्याकार ट्रेडिङका अध्यक्ष सौरभ ज्योति र उपाध्यक्ष श्री सुहृद ज्योतिले उक्त संस्थालाई अक्सिजन, भिडियो एक्सरे, तथा अन्य डायग्नोष्टिक उपकरणहरू हस्तान्तरण गरेका हुन्।

स्वस्थ शिविर संचालन तथा उद्वारमा सहज होस् भनेर स्वास्थ्य सामग्री सहयोग गरेकोमा आगामी दिनमा पनि सहयोग गर्दै जाने प्रतिवद्धता कम्पनीले गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved