आइसीसी विश्वकप लिग–२ नेपाल यूएईसँग भिड्दै

आइसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई शृङ्खलाको तेस्रो खेलमा आज (सोमबार) नेपाली क्रिकेट टोलीले संयुक्त अरब इमिरेट्स (यूएई)को सामन गर्दैछ। दुबईमा हुने खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे शुरु हुनेछ।

नेपालभ्युज

आइसीसी विश्वकप लिग–२  नेपाल यूएईसँग भिड्दै

काठमाडौं। आइसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई शृङ्खलाको तेस्रो खेलमा आज (सोमबार) नेपाली क्रिकेट टोलीले संयुक्त अरब इमिरेट्स (यूएई)को सामन गर्दैछ। दुबईमा हुने खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे शुरु हुनेछ।

आज विशेषगरी नेपाली टिमले आफ्नो ब्याटिङ लाइनमा सुधार गर्नुपर्ने चुनौती छ। यसअघि नेपाली टोली खराब ब्याटिङकै कारण पराजित हुन पुगेको थियो। यसअघि नेपालले पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई २ विकेटले हराउँदा दोस्रो खेलमा यूएईसँग ४८ रनले पराजित भएको थियो।

नेपाल सन्दीप लामिछानेको कप्तानीमा छ।
नेपाल र यूएईबीच हालसम्म पाँच ओडिआई खेल हुँदा नेपाल २ खेलमा विजयी भएको छ भने यूएई तीन खेलमा विजयी भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved