एमाले पोलिटब्युरो बैठक बस्दै, निर्वाचन घोषणापत्रको विषयमा छलफल हुने

नेपालभ्युज

एमाले पोलिटब्युरो बैठक बस्दै, निर्वाचन घोषणापत्रको विषयमा छलफल हुने

काठमाडौं। स्थानीय तह निर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल गर्न नेकपा एमालेको पोलिटब्युरो बैठक आज सोमबार बस्दैछ। बैठक बबरमहलस्थित कार्की बैंक्वेटमा बिहान ११ बजे बस्ने छ।

बैठकमा निर्वाचन घोषणापत्र, उम्मेदवार चयन कसरी गर्नेलगायत विषयमा छलफल हुने एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए।
पोलिटब्युरोमा ९९ जना छन्।

एमालेले निर्वाचन घोषणापत्र सार्वजनिक गर्न बाँकी छ। आसन्न स्थानीय तहको निर्वाचन आगामी ३० वैशाखमा हुँदै छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved