आत्मसमर्पण गर्न रूसले दिएको धम्की युक्रेनद्वारा अस्विकार

नेपालभ्युज

आत्मसमर्पण गर्न रूसले दिएको धम्की युक्रेनद्वारा अस्विकार

एजेन्सी । रूसले आत्मसमर्पण गर्नका लागि दिएको चेतावनी युक्रेनले अस्विकार गरेको छ। युक्रेनका सहायक प्रधानमन्त्रीले आत्मसमपर्णको कुनै प्रश्न नै नरहेको बताए।

यसअघि रूसले मस्कोको समयअनुसार सोमबार ५ बजेभित्र मारिऊपुल शहर छाड्न युक्रेनी सेनालाई धम्की दिएको थियो। यस दिन सेनाले आत्मसमर्पण गरेमा मानिसहरूलाई बाहिर निस्कनका लागि कोरिडोरहरू खोलिदिने पनि रूसी रक्षा मन्त्रालयले जनाएको थियो।

तर युक्रेनले प्रत्याक्रमण जारी राख्ने भएकाले यहाँ अझै युद्ध लम्बिने अनुमान गरिएको छ। यसअघि युक्रेन राष्ट्रपति भोलोदामेयर जेलेनस्कीले रूसले यस क्षेत्रमा युद्ध अपराध गरिरहेको दाबी गरेका थिए।

रूसी सेनाले प्रसूती अस्पताल, बालबालिका बस्ने आश्रयस्थललगायतमा पनि निशाना साँधेको जेलेनेस्कीले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved