मोरङको लेटाङ घटना- घाइते प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु

यौन दुर्व्यवहारका आरोपीलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि स्थानीयले आक्रमण गर्दा घाइते महिला प्रहरीको मृत्यु भएको छ। मोरङको लेटाङ नगरपालिका ५ मा आइतबार साँझ स्थानीयवासी र प्रहरीबीच झडप हुँदा घाइते भएकी महिला प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको हो।

नेपालभ्युज

मोरङको लेटाङ घटना- घाइते प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु
घटनामा मृत्युवरण गरेकी प्रहरी जवान उर्मिला श्रेष्ठ

काठमाडौं। यौन दुर्व्यवहारका आरोपीलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि स्थानीयले आक्रमण गर्दा घाइते महिला प्रहरीको मृत्यु भएको छ।

मोरङको लेटाङ नगरपालिका ५ मा आइतबार साँझ स्थानीयवासी र प्रहरीबीच झडप हुँदा घाइते भएकी महिला प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको हो।

कोशी अञ्चल अस्पतालले महिला प्रहरी जवान श्रेष्ठको मृत्यु भएको घोषणा गरेको १ नं. प्रदेश प्रहरी कार्यालय, विराटनगरका एसपी नवीन राईले जानकारी दिए।

आक्रमणबाट नेपाल प्रहरीको प्रदेश प्रहरी गणमा कार्यरत महिला प्रहरी जवान श्रेष्ठ गम्भीर घाइते भएकी थिइन्। उनको घाटीमा गम्भीर चोट लागेको थियो। अरू घाइते प्रहरीको उपचार भइरहेको छ। उनीहरूको अवस्था सामान्य रहेको जनाइएको छ।

लेटाङ–५ खेरुवास्थित शिक्षा विकास माविमा कक्षा ६ अध्ययनरत विद्यार्थीलाई आइतबार ५६ वर्षीय शिक्षक मनोज पौडेलले यौन दुर्व्यवहार गरेको भन्दै उजुरी परेको थियो।

उजुरीपछि शिक्षक मनोज पौडेललाई लिन गएको प्रहरी टोलीमाथि आक्रमण भएको हो। प्रहरीले पक्राउ गरेको शिक्षकलाई आक्रोशित भीडले बाहिर ल्याउने प्रयास गरेपछि स्थिति झडप भएको जनाइएको छ।

भीड नियन्त्रणका लागि प्रहरीले हवाई फायर गर्दा आक्रोशित भीडबाट बम प्रहार भएको प्रहरीको भनाई छ।

यौन दुर्व्यवहारका आरोपी समाउन गएको प्रहरीमाथि नै आक्रमण


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved