कार्यकर्तालाई सडकमा पठाएर एमसीसी पास गरेकाले माओवादी छाडेँ: विष्ट

नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशका प्रमुख सचेतक ठम्बरबहादर विष्टले पार्टी परित्याग गरी एमाले प्रवेश गरेका छन्।

नेपालभ्युज

कार्यकर्तालाई सडकमा पठाएर एमसीसी पास गरेकाले माओवादी छाडेँ: विष्ट

सुर्खेत। नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशका प्रमुख सचेतक ठम्बरबहादर विष्टले पार्टी परित्याग गरी एमाले प्रवेश गरेका छन्।

उनलाई आज सुर्खेत आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीमा स्वागत गरेका हुन्।

प्रमुख सचेतक रहेकै समयमा उनले फागुन २७ गते पार्टीबाटै राजीनामा दिएको घोषणा गरेका थिए।

राष्ट्रियता, राष्ट्रिय स्वाधीनता, विकास र समृद्धिको दिसामा हालको पार्टी नेतृत्व लाग्न नसकेको, पहिला कार्यकर्तालाई सडकमा पठाएर पछि अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित गरिनुलगायतको कारण आफुले पार्टी छोडेको विष्टले बताएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved