माओवादी कर्णाली प्रमुख सचेतक विष्ट एमालेमा प्रवेश गर्दै

नेकपा माओवादी कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक ठम्मर विष्ट आज नेकपा एमाले प्रवेश गर्दैछन्।

नेपालभ्युज

माओवादी कर्णाली प्रमुख सचेतक विष्ट एमालेमा प्रवेश गर्दै
काठमाडौं। नेकपा माओवादी कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक ठम्मर विष्ट आज नेकपा एमाले प्रवेश गर्दैछन्। सुर्खेतको वीरेन्द्रनगरमा रहेको सिटी हलमा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेलले उनलाई स्वागत गर्ने भएका हुन्।
माओवादीको महत्त्वपूर्ण पदमा बसेका व्यक्ति नै एमालेमा जान लागेपछि पार्टी वृत्तमा खैलाबैला मच्चिएको छ।
विष्टसहित थप केही जिल्ला कमिटीका सदस्यहरू समेत एमालेमा प्रवेश गराउने तयारी भइरहेको नेकपा एमाले कर्णालीले जनाएको छ। प्रमुख सचेतक रहेकै समयमा उनले फागुन २७ गते पार्टीबाटै राजीनामा दिएको घोषणा गरेका थिए।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved