जनकपुरधाममा यसरी मनाइयो होली

नेपालभ्युज

जनकपुरधाममा यसरी मनाइयो होली

जनकपुरधाम। फागु अर्थात होली सद्भाव र आत्मीयता साटासाट गर्दै जनकपुर क्षेत्रमा आज धुमधाम साथ मनाइएको छ। जनकपुरधाममा अन्तरगृह परिक्रमाको भोलिपल्ट होली खेल्ने चलनअनुसार शनिबार होली पर्व मनाइएको हो।

शुक्रबार तराई मधेशका अधिकांश जिल्लाहरू र पहाडी क्षेत्रमा बिहीबार नै होली मनाइए पनि जनकपुरमा आज मनाइएको हो।

जनकपुरधामका युवाले विभिन्न चोकमा ‘मटका फोर’ प्रतियोगिता आयोजनासमेत गरेका थिए। कोरोना महामारीका कारण गएको दुई वर्ष जनकपुरधाममा होलीका कुनै पनि कार्यक्रम औपचारिक रूपमा हुन सकेको थिएन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved