नेपाललाई ४८ रनले हराएको यूएई पीएनजीसँग ६ विकेटले पराजित

नेपालभ्युज

नेपाललाई ४८ रनले हराएको यूएई पीएनजीसँग ६ विकेटले पराजित

काठमाडौं । नेपाललाई पटक पटक हराउन सफल यूएईलाई पपुवा न्युगिनीले लज्जास्पद पराजय चखाएको छ।

आईसीसी विश्वकप लिग-२ मा घरेलु टोली यूएईमाथि पीएनजीले ६ विकेटको शानदार जित निकालेको हो। योसँगै पीएनजीले आईसीसी विश्वकप लिग-२ मा पहिलो जित हात पार्न सफल भएको छ। यसअघि पीएनजीले आफ्ना १४ खेलमा हार बेहोरेको थियो।

यूएईले दिएको १४८ रनको लक्ष्य पीएनजीले मात्र ३६.२ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो। यूएईका रोहन मुस्तफाले ८८ रनको योगदान दिए पनि टोलीलाई जित दिलाउन सकेनन्।

पीएनजी पहिलो खेलमा यूएईसँग ७ विकेट र दोस्रो खेलमा नेपालसँग २ विकेटले पराजित भएको थियो। पीएनजीले अब मंगलबार नेपालसँग खेल्नेछ। नेपालले सोमबार यूएईसँग खेल्नेछ। पीएनजीलाई हराएको नेपाल दोस्रो खेलमा यूएईसँग ४८ रनले पराजित भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved