एमाले अब एमाले रहेन, बीमाले, सीमाले भन्नुस्ः माधव नेपाल

नेपालभ्युज

एमाले अब एमाले रहेन, बीमाले, सीमाले भन्नुस्ः माधव नेपाल
फाइल फोटो

गोरखा। सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले)को वास्तविक नाम नै नरहेको बताएका छन्।

पार्टीले शनिबार गोरखामा गरेको कार्यक्रममा अध्यक्ष नेपालले एमालेको सूर्यमा ग्रहण लागिसकेको र वास्तविक एमालेबाट ‘बीमाले’, ‘सीमाले’ भइसकेको बताए। “नेकपा एमाले अब एमाले रहेन। बीमाले, सीमाले भन्नुस्। सूर्यमा ग्रहण लागिसकेको छ मूलधारको पार्टी हाम्रो हो,” उनले भने, “मूलधारको पार्टी हुनाले अहिले हाम्रो पार्टीको महत्व जनताले बुझिसकेका छन्। हामीले विद्रोह गरेर निर्माण गरेको पार्टी नेकपाको निरन्तरता हो।”

नेकपा (एस) नै मूलधारको पार्टी रहेको बताएका उनले आफ्नो पार्टीले मात्र जनताको समस्या बुझेको दाबी गरे।

कार्यकर्तालाई उच्च मनोबलका साथ प्रत्येक वडा र पालिकामा संगठन विस्तार गर्नका लागि नेपालले निर्देशन दिएका थिए। पार्टी खोल्नै सक्दैनन् भन्नेहरूलाई जवाफ दिइएको भन्दै उनले अब पार्टीलाई देशव्यापी बनाउन निःस्वार्थ भावनाका साथ लाग्न आग्रह गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved