काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसलाई आगामी निर्वाचनमा १३ सिटमा झारिदिने चेतावनी दिएका छन्। अध्यक्ष ओलीले देशलाई बर्बाद पार्ने गठबन्धन सरकारको नेतृत्व गरिरहेको कांग्रेसलाई आगामी निर्वाचनमा १३ सिटमा सीमित हुने गरी चुनावी अभियानमा लाग्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए।
पार्टीको सम्पर्क समन्वय कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले ६० वर्ष नाघेका कुनै पनि ज्येष्ठ नागरिकहरूले कांग्रेसलाई भोट नहाल्ने दाबी गरे। कांग्रेस, माओवादी केन्द्रलगायतका सत्तारुढ दलहरूले चेताइसकेको हुनाले युवाहरूले पनि ती पार्टीहरूलाई मत नदिने उनको तर्क थियो।
अध्यक्ष ओलीले माओवादी केन्द्रलाई गत संसदीय निर्वाचनमा आफूहरूले जोगाई दिएको र माधव नेपालहरू अवको निर्वाचन पछि समाप्त हुने बताए। ‘‘एमालेलाई चौंथो पार्टी बनाउछु भन्छ कोही। अहिले चौंथो पार्टी हो एमाले संसद्मा ? संसद्मा एमालेसँग ९८ सिट छ, अरुको धेरै भएकाको पनि ६१ सिट छ,” उनले भने, ‘‘कोही हामीले बनाइदिएको ४८ सिट लिएर हामीले टाँसी दिएको जुँगामा ताउ लाउँछ। त्यसकारण म साथीहरूलाई भन्न चाहन्छु–यो गठबन्धन केही होइन। बुढो कांग्रेस पाँच वर्ष अघि २३ सिटमा झरेको होईन ? कांग्रेसलाई १३ सिटमा झारिदिनु पर्छ अहिले, लाग्नुस तपाईहरू।” बु
ढाबुढी, ज्येष्ठ नागरिकहरूले साठी वर्ष माथिका ज्येष्ठ नागरिकहरूले कांग्रेसलाई भोट नहाल्ने दाबी उनले गरे।
अध्यक्ष ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीले विजयी हासिल गर्नुपर्ने भएकाले उत्साहका साथ जनताको बीचमा जान पनि पार्टीका नेता, कार्यकर्तालाई पटकपटक सचेत गराए। उनले सत्तारुढ दलहरूको निदहराम हुनेगरी स्थानीय तह निर्वाचनको तयारीमा आफ्नो पार्टी लागिपर्ने बताए। सत्तारुढ गठबन्धन केही नभएको उल्लेख गर्दै अध्यक्ष ओलीले स्थानीय तह निर्वाचनको परिणामले उनीहरूलाई भोक हराम, निदहराम बनाउनुपर्ने बताए।
विभिन्न जालझेल, तिकडम र षडयन्त्र गरेर आफ्नो पार्टीलाई सरकारबाट हटाइएको बताउँदै उनले आगामी निर्वाचनमा फेरि हट्नुनपर्नेगरी जित हासिल गर्ने दाबी गरे।
Facebook Comment
Comment