रूस र टर्कीका राष्ट्रपतिबीच फोनवार्ता

क्रेमलिनले दिएको जानकारीअनुसार उनीहरुका फोनवार्ताका क्रममा रूस र टर्कीका विदेशमन्त्रीका बीचमा हालै भएका भ्रमण तथा व्यापारिक वार्ताका विषयमा पनि कुराकानी भएको समाचारमा जनाइएको छ।

नेपालभ्युज

रूस र टर्कीका राष्ट्रपतिबीच फोनवार्ता

एजेन्सी। रूसका राष्ट्रपति भ्लादिमिर पुटिन र टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानबीचमा फोनवार्ता भएको छ। बिहीबार भएको सो वार्ताका क्रममा रूस र युक्रेनको द्विपक्षीय सम्बन्धका विविध विषयमा कुराकानी भएको बताइएको छ।

दुई देशकाबीचको व्यापार, लगानी तथा अन्य द्विपक्षीय व्यापारिक सम्झौता र सहमतिका बारेमा कुराकानी भएको रूसी सञ्चारमाध्यमहरुले जनाएका छन्।

क्रेमलिनले दिएको जानकारीअनुसार उनीहरुका फोनवार्ताका क्रममा रूस र टर्कीका विदेशमन्त्रीका बीचमा हालै भएका भ्रमण तथा व्यापारिक वार्ताका विषयमा पनि कुराकानी भएको समाचारमा जनाइएको छ।

साथै, उनीहरुका बीचमा रूसले युक्रेनमाथि गरिरहेको आक्रमणका बारेमा कुराकानी भएको क्रेमलिनले जानकारी दिएको छ। त्यसक्रममा टर्कीस राष्ट्रपतिले युक्रेनबाट रूसले आफ्ना नागरिकको उद्धार गरी स्वदेश फर्काउनका लागि सहयोग गरेकामा रूसी राष्ट्रपतिलाई धन्यवाद दिएका थिए।

रूसले युक्रेनमा सैन्य आक्रमण जारी राखेको छ। रूसले युक्रेनमा गरिरहेको हमला तेस्रो हप्ताभन्दा बढी भएको छ। यी दुई देशबीचमा शान्ति वार्ताको पहल भएको भनिए पनि निकास भने निस्किएको छैन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved