जुम्लाको फाइचौरमा स्थायी प्रहरी चौकी स्थापना

नेपालभ्युज

जुम्लाको फाइचौरमा स्थायी प्रहरी चौकी स्थापना

जुम्ला। जुम्लाको सिञ्जा गाउँपालिका–५ फाइचौरमा स्थायी प्रहरी चौकी स्थापना भएको छ। भौगोलिकरूपमा निकै निकट मानिएको सो क्षेत्रका स्थानीयवासीले प्रहरी चौकीको माग गर्दै आएका थिए।

स्थानीयवासीको मागअनुसार प्रहरी चौकीको स्थापना गरेको प्रमुख जिल्ला अधिकारी विजया प्रसाईँले जानकारी दिए। समाजका विकृति विसङ्गतिको अन्त्य गर्न प्रहरीको महत्वपूर्ण भूमिका हुने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताए।

प्रहरी हवल्दार नरिमा कठायतको कमाण्डमा पाँच प्रहरी चौकीमा राखिएको छ। भौगोलिकरूपमा निकै विकट भएकाले सिञ्जा गाउँपालिकाको–५ र ६ मा घरेलु हिंसा, दुर्व्यवहार, कुटपिट, बहुविवाह र चोरीका घटना हुने गरेको बताइएको छ।

वडाध्यक्ष मुनबहादुर रावतले भने, ”पहिलेदेखि प्रहरी चौकीको माग गरिएको थियो। अहिले आएर चौकी स्थापना भयो। यहीँका स्थानीयवासीमा राम्रो सन्देश गएको छ।”

सिञ्जा–५ र ६ वडामा पाँच गाउँ छन्। कुनै घटना हँुदा पहिले तीन घण्टा हिँडेर नराकोट प्रहरीचौकीमा जानुपर्ने बाध्यता थियो। प्रहरीचौकी स्थापनाले स्थानीयवासी उत्साहित छन्। गाउँको शान्ति सुरक्षा कायम हुने अपेक्षा गरिएको स्थानीयवासी बताउँछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved