चेपाङ सङ्घको राष्ट्रिय महाधिवेशन सुरु

नेपालभ्युज

चेपाङ सङ्घको राष्ट्रिय महाधिवेशन सुरु

चितवन। नेपाल चेपाङ सङ्घको पाँचौँ राष्ट्रिय महाधिवेशन यहाँ सुरु भएको छ। महाधिवेशनको बिहीबार बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले उद्घाटन गरेका हुन्।

मुख्यरुपमा बागमती प्रदेशमा सीमान्तकृत यस समुदायको बसोबास रहेको छ। मुख्यमन्त्री पाण्डेले यो समुदायको उत्थानमा लाग्नुपर्ने बताए।

सङ्घ, प्रदेश र स्थानीय निकायले चेपाङका समस्या पहिचान गरी समाधानतर्फ जानुपर्नेमा उनको जोड थियो। कार्यक्रममा सङ्घका अध्यक्ष जीतेन्द्र चेपाङले आफ्ना समस्याका बारेमा प्रकाश पारेका थिए। महाधिवेशन बन्दसत्र आज चल्दै छ।

बन्दसत्रले ३५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ। विधानअनुसार अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र कोषाध्यक्ष एक/एक तथा सचिव दुई जना गरी सात सदस्यीय पदाधिकारी चयन हुनेछ।

महाधिवेशनमा चितवन, मकवानपुर, धादिङ, गोरखा, तनहुँ र लमजुङका २५७ प्रतिनिधि सहभागी भएको आयोजकले जनाएको छ। सङ्घका बागमती प्रदेश सचिव लक्ष्मण चेपाङका अनुसार नेपालमा चेपाङको जनसङ्ख्या ६८ हजार रहेको छ।

पहाडी क्षेत्रमा बसोबास गर्ने उनीहरु धेरैको आफ्नै लालपुर्जा छैन। भूमिहीन धेरै रहेको भन्दै उनले धेरै समस्याबाट गुज्रिएको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved