विश्वकप लिग–२: नेपाल युएईविरुद्ध भिड्दै

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा नेपाल आज युएईसँग भिड्दैछ।

नेपालभ्युज

विश्वकप लिग–२: नेपाल युएईविरुद्ध भिड्दै

काठमाडौं। आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा नेपाल आज युएईसँग भिड्दैछ। चिरपरिचित प्रतिद्वन्द्वीहरूको खेल शुक्रबार बिहान सवा ११ बजेबाट हुँदै छ।

नेपाल र यूएईले चार पटक अन्तर्राष्ट्रिय एक दिवसीय खेलेका छन्। जसमा नेपाल र यूएईले समान दुई–दुई पटक जित हात पारेका छन्। नेपाल यसअघि पपुवा न्युगिनीमाथि विजय भएकाले युएईविरुद्ध उत्साहका साथ मैदान उत्रिदै छ।

युएईलाई पराजित गर्दै नेपाल यो सिरिजमा लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा छ । रोचक बनेको पहिलो खेलमा नेपालले पपुवा न्युगिनीलाई २ विकेटले हराएको थियो।

नेपालजस्तै युएईसमेत लगातार दोस्रो जितको लक्ष्यमा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved