च्याम्पियन्स लिगमा युक्रेनी खेलाडीको निर्णायक गोल, वेस्टह्याम क्वाटरफाइनलमा

नेपालभ्युज

च्याम्पियन्स लिगमा युक्रेनी खेलाडीको निर्णायक गोल, वेस्टह्याम क्वाटरफाइनलमा

एजेन्सी। च्याम्पियन्स लिग फुटबलअन्तर्गत सेभियाविरुद्धको दोस्रो लेग खेलमा आन्द्रे यार्मोलेन्कोले निर्णायक गोल गरेपछि वेस्टह्याम क्वाटरफाइनलमा पुगेको छ। वेस्टह्यामले १९८१ पछि पहिलोपटक युरोपेली प्रतियोगिताको क्वाटरफाइनलमा स्थान बनाएको हो।

पहिलो लेग १–० ले जितेको सेभियाविरुद्ध दोस्रो लेगमा ३९ औं मिनेटमा थोमस सौशेकले गोल फर्काएका थिए। त्यसपछि दुबै टोलीबीच निर्धारित समयमा कुनै गोल हुन सकेन।

अतिरिक्त समयमो फोर्नाल्सको प्रहारलाई सेभियाका किपर बोनोले जोगाएपछि रिबाउन्डमा प्राप्त बललाई यार्मोलोन्कोले गोलमा परिणत गरेका हु्न्।

यससँगै समग्रमा २–१ को जीतसहित सेभिया क्वाटरफाइनल पुग्यो।

यसअघि युक्रेनमा रहेको आफ्नो परिवारले व्यहोर्नुपरेको युद्धको सकसबाट यार्मोलेन्को चिन्तित थिए। जसकारण उनी नियमित रूपमा टोलीमा समावेश हुन सकेका थिएनन्।

यसका बाबजुद आइतबार एस्टन भिल्लाविरुद्धको खेलमा उनले गोल गरेका थिए। निर्णायक गोल गरेसँगै भावूक देखिएका यार्मोलेन्कोलाई युक्रेनको झन्डा बोकेका एक समर्थकले मैदानमै आएर अंकमाल गरेका थिए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved