एजेन्सी । इंलिस प्रिमियर लिगमा फुटबलमा एलेक्स इओबीले ९९ मिनेटमा गोल गर्दा एभर्टनले न्युक्यासल युनाइटेडलाई १–० ले हराएको छ। प्रिमियर लिगमा ढिलोगरी भएका गोलहरूको सूचीमा यो गोल चौथो स्थानमा छ।
इओबीले डोमिनिक काल्र्भट लेविनको पासलाई सदुपयोग गर्दै गोल गरेका हुन्। नाइजेरियाली खेलाडी इओबीले ९८ मिनेट १९ सेकेन्डमा गोल गरे।
म्यानोस्टर युनाइटेडका ब्रुनो फर्नान्डेसले ब्रिगटन एन्ड होभ अल्बियोनविरुद्ध सेप्टेम्बर २०२० मा ९९ मिनेट ४५ सेकेन्डेमा गोल गरेका थिए। उनी ढिलो गोल गर्नेको सुचीमा तेस्रो स्थानमा छन्।
जुआन माटाले २०११ मा चेल्सीका लागि नर्विचविरुद्ध १ सय मिनेट ०३ सेकेन्डमा गोल गरेका थिए। उनी दोस्रो स्थानमा छन्।
प्रिमियर लिगमा सबैभन्दा ढिलो गोल गर्ने किर्तिमान भने लिभरपुलका पूर्वस्टार डिर्क किवेटका नाममा छ। उनले आर्सनलविरुद्धको खेलमा १ सय १ मिनेट ४८ सेकेन्डमा गोल गरेका थिए।
यस जीतसँगै
Facebook Comment
Comment