धनगढीका होटलहरूमा यौनधन्दा, चार होटल सञ्चालक पक्राउ

नेपालभ्युज

धनगढीका होटलहरूमा यौनधन्दा, चार होटल सञ्चालक पक्राउ

धनगढी। कैलालीको धनगढीमा बजारमा रहेका होटलहरूमा प्रहरीले छापा मारेको छ। यौनधन्दा भइरहेको छ भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीको टालीले धनगढी बजार क्षेत्रमा सञ्चालमा रहेका चार वटा होटेलमा छापा मारेको हो।

ती होटलमा छापा मार्दा यौन धन्दा सञ्चालन गराउने चार होटल व्यवसायीसहित यौन धन्दामा संलग्न ९ जना युवतीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए।

उनका अनुसार धनगढी उपमहानगरपालिका १ एलएन चोक स्थित शाही होटल प्यालेश, वडा नम्बर ३ ट्राफिक चोकस्थित सनराइज होटल र बुढिनन्दा बाजुरा होटल र वडा नम्बर १२ क्याम्पस चोकस्थित प्रिन्स होटलमा प्रहरीले छापा मारेको हो।

उनीहरू सबैमाथि कार्यालयमा ल्याई आवश्यक अनुसन्धान भइरहेको एसपी अधिकारीले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved