ट्राफिक चेकिङमा कडाइ, १०४ मोटरसाइकल, चार गाडी ‘होल्ड’मा

सवारी दुर्घटना हुनबाट रोक्न भन्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौंमा ६८ स्थानमा कागजात र मादक पदार्थ सेवा (मापसे)चेकिङ भइरहेको छ।

नेपालभ्युज

ट्राफिक चेकिङमा कडाइ, १०४ मोटरसाइकल, चार गाडी ‘होल्ड’मा
फाइल तस्वीर

काठमाडौं। होली पर्वका अवसरमा उच्छृङ्खल गतिविधि गरेको भन्दै सवारी जाँच कडा बनाइएको छ। सवारी दुर्घटना हुनबाट रोक्न भन्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौंमा ६८ स्थानमा कागजात र मादक पदार्थ सेवा (मापसे)चेकिङ भइरहेको छ।

बिहीबार बिहान करिब साढे १० बजेसम्म १०४ मोटरसाइकल र चार गाडीलाई ‘होल्ड’ गरिएको महाशाखाले जनाएको छ। होलीका दिन काठमाडौं उपत्यकामा एक हजार ३०० ट्राफिक प्रहरी परिचालन गरिएको महाशाखाका प्रवक्ता सञ्जीव शर्मा दासले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved