स्थानीय निर्वाचनका लागि कञ्चनपुरमा ३४० मतदान केन्द्र निर्धारण

स्थानीय निर्वाचनका लागि कञ्चनपुरमा ३४० मतदान केन्द्र निर्धारण

कञ्चनपुर। स्थानीय तहको निर्वाचनलाई लक्ष्य गरी यहाँ ३४० मतदान केन्द्र निर्धारण गरिएका छन्।

मतदाताको चापलाई मध्यनजर गर्दै विगतको तुलनामा १० मतदान केन्द्र थप गरिएका हुन्। यसअघि ३३० मतदान केन्द्र रहेका थिए। जिल्ला निर्वाचन कार्यालयका प्रमुख उदयराज जोशीका अनुसार एक हजार मतदाता बराबर एकका दरले मतदान केन्द्र निर्धारण गरिएको छ।

मतदानस्थल भने विगतकै १३२ लाई नै निरन्तरता दिइएको छ। “निर्वाचनमा खटिने कर्मचारीको विवरण सङ्कलनको कार्य सुरु गरेका छौँ”, कार्यालय प्रमुख जोशीले भन्नुभयो, कर्मचारीको विवरण सङ्कलनपश्चात् आवश्यक तालिम दिई मतदान केन्द्रमा खटाइने छ,” एक मतदान केन्द्रमा चार जनाका दरले कर्मचारी खटाइने उनले बताए। तीन सय ४० मतदान केन्द्रमा एक हजार ३६० कर्मचारीलाई खटाइने छ।

अन्तिम नामावली प्रकाशनका लागि केन्द्रमा नामावली पठाइएको छ। थप मतदाता १९ हजार ८०० गरी यहाँ मतदाताको संख्या दुई लाख ९७ हजार ३४१ छ। निर्वाचन कार्यालयले मृत्यु भएका, बसाइँ सरेर गएका एक हजार १०० मतदाता नामावलीबाट नाम हटाइएको छ।

स्थानीय तहको निर्वाचनलाई लक्षित गरी निर्वाचन कार्यालयले मंसीरयता दुई पटक नामावली संकलनको काम गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved