जापानमा भूकम्पपछि जनजीवन सामान्य बन्दै

भूकम्प प्रभावित क्षेत्रमा विद्युतीय सेवा अवरुद्ध छ। तर, जनजीवन सामान्य बनाइदैछ।

नेपालभ्युज

जापानमा भूकम्पपछि जनजीवन सामान्य बन्दै

काठमाडौं। जापानमा बुधबार साँझ गएको शक्तिशाली भूकम्पमा दुई जनाको मृत्यु भएको छ। भूकम्पमा दर्जनौँ मानिस घाइते भएका छन्। पूर्वी जापानमा ७ दशमलब १ म्याग्नेच्युटको भूकम्प गएको थियो।

भूकम्पले पुर्‍याएको जनधनको क्षतिको थप विवरण संकलन गरिँदै छ। भूकम्पपछि सुनामीको चेतावनी दिइएको छ।

भूकम्पपछि बुधबार रातभर र बिहीबार बिहान पनि निरन्तर पर कम्पनहरू आइरहेका छन्। भूकम्पको असर राजधानी टोकियोमा पनि देखिएको प्राप्त विवरणहरूमा जनाइएको छ। भूकम्प प्रभावित क्षेत्रमा विद्युतीय सेवा अवरुद्ध छ। तर, जनजीवन सामान्य बनाइदैछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved