भारतमा कोरोना भाइरसबाट थप २८ सय संक्रमित

नेपालभ्युज

भारतमा कोरोना भाइरसबाट थप २८ सय संक्रमित

एजेन्सी । भारतमा कोरोनाभाइरसका कारण थप दुई हजार ८७६ जना सङ्क्रमित भएका छन्। सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार भारतमा अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या चार करोड २९ लाख ९८ हजार ९३८ पुगेको छ।

संघीय स्वास्थ्य मन्त्रालयले भारतमा अहिले कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या ३२ हजार ८११ मात्रै रहेको जनाएको छ। भारतमा अहिलेसम्म कोरोनाभाइरसका कारण पाँच लाख १६ हजार ७२ जनाको मृत्यु भएको छ।

ती मध्ये ९८ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो। सोही अवधिमा तीन हजार ८८४ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन्। सङ्क्रमणमुक्त भएकाको कुल सङ्ख्या चार करोड २४ लाख ५० हजार ५५ पुगेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved