‘ग्लोबल मनी विक’ मनाइने

मानिसहरूको वित्तीय ज्ञान, सीप, मनोवृत्ति र व्यवहारमा सुधार ल्याएर वित्तीय सक्षमता अभिवृद्धिका माध्यमले विवेकशील वित्तीय निर्णय लिन सघाउनुका साथै हरेक व्यक्तिको आर्थिक समृद्धिमा योगदान गर्न रहेको राष्ट्र बैंकले जनाएको छ।

नेपालभ्युज

‘ग्लोबल मनी विक’ मनाइने

काठमाडौं। आगामी ७ चैतदेखि ‘ग्लोबल मनी विक’ मनाइने भएको छ। नेपाल राष्ट्र बैंकको संयोजकत्वमा ७ चैतदेखि १३ गतेसम्म ग्लोबल मनी विक मनाउन लागिएको हो।

ग्लोबल मनी विक २०२२ को मुल नारा ‘आफ्नो भविष्य निर्माण गर्नुहोस्, पैसाको बारेमा स्मार्ट हुनुहोस्’ रहेको छ। आर्थिक सहयोग तथा विकास संगठन (ओईसीडी)को संयोजनमा संसारभरका १०९ देशहरुमा ग्लोबल मनी विक मनाइने गरिन्छ।

मानिसहरूको वित्तीय ज्ञान, सीप, मनोवृत्ति र व्यवहारमा सुधार ल्याएर वित्तीय सक्षमता अभिवृद्धिका माध्यमले विवेकशील वित्तीय निर्णय लिन सघाउनुका साथै हरेक व्यक्तिको आर्थिक समृद्धिमा योगदान गर्न रहेको राष्ट्र बैंकले जनाएको छ।

नेपाल राष्ट्र बैंकको संयोजकत्वमा बीमा समिति, नेपाल धितोपत्र बोर्ड, सहकारी विभाग र नेसनल बैंकिङ इन्स्टिच्युट लिमिटेड पनि सहभागी भएर उपत्यकामा वित्तीय चेतनामूलक कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ।

उपत्यका बाहिरको हकमा साना तथा लघु उद्यमी, वैदेशिक रोजगारीमा संलग्न युवा, शिक्षक÷शिक्षिका र दैनिक ज्यालादारी समूहका व्यक्तिको सहभागितामा वित्तीय चेतनामूलक कार्यक्रम आयोजना भइरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved