इतिहास साँघुरा गल्लीबाट आउने केही आवाज निकै स्पष्ट र चर्को सुनिन्छन्। हुनसक्छन्, यस्ता गल्लीका केही इलाकालाई यो आवाज मन नपरोस्। तर टाढा बसेर, इतिहासलाई तान्दै बाहिर ल्याउनुको दुख तपाई महसुस गर्न सक्नुहुन्न।
द काश्मीर फाइल्स यस्तै कहानी हो। मानौं, इतिहासको चौडा ढोकामा जलेको कुनै किस्सा चिच्याएर बाहिर आइरहेछ। विवेक अग्निहोत्री ९० को दशकमा शरणार्थी बनेका ४ लाख ( संख्यामा अलग-अलग दाबी हुनसक्छ) काश्मीरी पण्डितहरूको मर्मस्पर्शी कथा सुनाउनका लागि आएका छन्।
फिल्मको विश्वसनियतामाथि पनि सवाल उठिरहेको छ। तर र पण्डितहरूको क्रुर पलायन काण्डलाई जसरी प्रभावशाली रुपमा नस्ट गरियो, त्यसबारे पनि प्रतिक्रियाहरू आइ नै रहेको छ। अर्थात्, लिकबाट हटेर बनेको फिल्मले पूरै सामाजिक–राजनीतिक व्यवस्थालाई चुनौती दिइरहेको छ।
हिन्दी फिल्म उद्योगको सांस्कृतिक सिद्धान्त नै व्यापार हो भन्ने बहस नयाँ होइन। हामीलाई हिन्दी फिल्ममा सुखद् अन्त्य चाहिन्छ । तर द काश्मीर फाइल्समा यो सिद्धान्त लागू हुँदैन।
फेरि काश्मीरी पण्डितको पलायन क्रुर त्रासदीका कारण भएको थियो भन्ने वास्तविकतालाई पनि अस्विकार गर्न सकिन्न।
यसबारे अहिले आएर किन फिल्म बन्यो ? यो वैचारिक टकरावको मुद्दा हो।
सेल्यूलाइडको रिलमा यस कथालाई प्रगतिशील फिल्ममेकरहरूले जीवित किन गरेनन् ? यो प्रश्न ३२ वर्षदेखि उठिरहेको थियो।
हाम्रो निराशा त्यतिबेला थप बढ्छ, जब गुटमा विभाजित फिल्ममेकरहरूले यस त्रासदीलाई अन्त्येष्टी गर्ने उपायहरू लगाउन थाल्छन्। तर्क यो पछि छ कि ८४ को सिख दंगा, काश्मीरी पण्डितको पलायन त्रासदीलगायत विषयमा फिल्म बन्दा गम्भीर सामाजिक समस्या खडा हुनसक्छ।
यस्तो तर्कहीन, अर्थहीन, नक्कली धर्मनिरपेक्षतामाथि के तपाई यकिन गर्नुहुन्छ ? गर्नुहुन्छ भनेपनि संकटकालजस्तो महात्रासदीलाई फिल्ममार्फत बताउँदा कसको के नोक्सान हुन्छ ?
यस गुणा–भागको जवाफ आजसम्म मिल्दैन। केही वर्षअघि जयपुरमा फिल्ममेकर तिग्मांशु धूलियासँग मैले फिल्ममेकरको नैतिक जिम्मेवारीबारे प्रश्न सोधेको थिएँ।
उनले स्विकारेका थिए, ”काश्मीरी पण्डित र सिख दंगाबारे फिल्म नबनाउनु पनि एउटा त्रासदीजस्तै हो। यस्तो हुनु हुँदैन थियो।”
उनले कुनै पनि उम्दो कथा खोज्न सकेनन्। यो निर्दोष स्विकारोक्तीले नै आश्चर्य पैदा गर्छ। तर, पूरै फिल्म उद्योगलाई यति ठूलो बौद्धिक अपराधमा जमानत दिन सकिदैंन।
के विद्धान फिल्ममेकरहरूले सत्ता र शक्तिका कारण यी मुद्दामा फिल्म बनाउने साहस जुटाउन सकेनन् ? प्रश्न यही हो । वा, यस्ता दुखको खरिददार भेदिँदैनन् ? एक पत्रकाका रूपमा मैले काश्मीर फाइल हेरें र काश्मीर मा १५ महीना बिताएको पनि छु। पण्डित पलायनबारे जम्मूको अलग कहानी छ, काश्मीर को अलग।
पत्रकारहरूलाई फ्रन्ट पेजको हेडलाइन्स काश्मीर मा मिल्छ, जम्मूमा होइन। जवाहर टनेलको पल्लोपट्टीको काश्मीर ले पत्रकारहरू पनि लोभ्याउँछ र यसले पढे–लेखेका प्रगतिशील वर्गलाई पनि आकर्षित गर्छ।
९० को दशकमा लाल चौकको कथाको पटकथा पनि उच्च वर्गले बदलि दियो। यहाँ हरेक विचारधाराको आफ्नै किस्सा हुन्छ। त्यस, खराब समयमा के भयो, काश्मीर मा कहिल्यै तपाईलाई पुरै सत्य मिल्दैन।
पण्डितको पलायनको इतिहासलाई काटेर लाशजसरी रावी, चनाव, झेलम र सिन्धु नदीमा बगाइयो।
जति शव छन्, उति नै कथा छन्। उति नै दुख छन्। पण्डितको सच्चाइको अहिलेसम्म बचेको एकमात्रै सबुत शरणार्थी शिविर हो। यो पहिले जम्मूमा थियो, त्यसपछि दिल्ली र अहिले पूरै भारतमा यसको निशानी छ। द काश्मीर फाइल्स यीनै शिविरहरूबाट निस्किएको कहानी हो।
यसमा हाम्रो सिनेमा अहिलेसम्म चुप थियो। ३२ वर्षपछि हंगामासहित मौनता टुटेको छ। र, अन्त्यमा … सिनेमा जिन्दगीको हिस्सा हो, अभिव्यक्तिको एक तरिका हो।
यदी तपाईले नाजी शिविरमा यहूदीहरूमाथि भएको क्रुर र बर्बर नरसंहारमाथि बनेको फिल्म ‘द शिन्डलर्स लिस्ट’ हेर्नुभएको छ र त्यो तपाईलाई मनपर्छ भने तपाईले काश्मीर फाइल्स पनि हेर्नुपर्छ।
डिस्क्लेमर यही हो कि यस फिल्मलाई धर्मको चश्माले नहर्नेुस् । द काश्मीर फाइल्सबाट तपाई सहमत–असहमत हुनसक्नुहुन्छ। फिल्ममेकर विवेक अग्निहोत्रीको सियासी चिन्तनमाथि आपत्ति पनि हुनसक्छ।
तर, सामाजिक सामाजिक जिम्मेवारीको कोणबाट हेर्ने हो भने के हिन्दी फिल्ममेकरहरूले नैतिक रूपमा आफ्नो जिम्मेवारी निभाइरहेका छन् ?
(भारतीय अखबार दैनिक भास्करबाट साभार)
Facebook Comment
Comment