एमसीसीबारे भ्रम चिर्न कांग्रेसले ल्यायो ५० पानाको दस्ताबेज

नेपालभ्युज

एमसीसीबारे भ्रम चिर्न कांग्रेसले ल्यायो ५० पानाको दस्ताबेज

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले एमसीसीबारे भ्रम चिर्न ५० पृष्ठको दस्ताबेज ल्याएको छ। कांग्रेसले जारी गरेको दस्ताबेजमा एक दशकभन्दा लामो सम्झौता प्रक्रियामा संलग्न केही पार्टीहरू
तथा पात्रहरूले दोहोरो प्रवृत्ति देखाएकाले एमसीसी गिजोलिन पुगेको उल्लेख गरेको छ।

‘ज-जसले यसलाई गिजोले, जनतामा भ्रम सिर्जना गरे, उत्तेजनाको राजनीति गरे र जुन दोहोरो चरित्र देखाए यसको मूल्यांकन आम जनताले गर्ने नै छन्’, कांग्रेसले जारी गरेको दस्ताबेजमा जनाइएको छ।

आउँदो ३० वैशाखमा स्थानीय तह निर्वाचनमा होमिन कांग्रेस पार्टी पंक्ति तथा कार्यकर्ताहरूलाई आग्रह गरिसकेको छ। गएको आइतबारदेखि कांग्रेसले देशव्यापी रूपमा ‘घर घर जाऊँ नेपाली कांग्रेस जिताऊँ’ अभियान शुरु गरिसकेको छ।

उक्त दस्तावेज कांग्रेसले स्थानीय तहसम्म बाँड्ने जनाएको छ।

यहाँ हेर्नुहोस् कांग्रेसले ल्याएको ५० पृष्ठको दस्तावेज

एमसीसी अनुदान सहयोग र सम्झौता भ्रम र यथार्थ

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved