आजदेखि सवारी चालक लाइसेन्सको नयाँ आवेदन बन्द

यातायात व्यवस्था विभागले सूचना निकालेर अनिश्चित कालका लागि अनलाइन आवेदन बन्द गरेको हो।

नेपालभ्युज

आजदेखि सवारी चालक लाइसेन्सको नयाँ आवेदन बन्द

काठमाडौं। आजदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स)का लागि नयाँ आवेदन बन्द हुने भएको छ। यातायात व्यवस्था विभागले सूचना निकालेर अनिश्चित कालका लागि अनलाइन आवेदन बन्द गरेको हो।

हालसम्मका निवेदकको परीक्षा यथाशक्य छिटो टुङ्ग्याउनुपर्ने भएकाले नयाँ आवेदन बन्द गरिएको विभागका प्रवक्ता लोकनाथ भुसालले जानकारी दिए।

‘अनलाइन आवेदनहरूको कारबाही यथाशक्य चाँडो टुङ्ग्याउनुपर्ने भएकोले चैत १ गतेदेखि अर्को सूचना प्रकाशन नभएसम्मका लागि सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन प्रणाली बन्द रहने,’ भुसालले जारी गरेको सूचनामा भनिएको छ ।

कोरोना महामारीका कारण लामो समयदेखि लाइसेन्स परीक्षा रोकिँदा आवेदन दिनेहरूको चाप बढेको थियो। लाइसेन्स लिनका लागि आवेदन धेरै परेकाले अनलाइन आवेदन दिनेहरूलाई दुई वर्ष पछिसम्मको कार्यालय भिजिट समय प्राप्त हुने गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved