प्रचण्डले कार्यकर्तालाई निर्देशन दिँदै भने – चुनावमा धाँधली हुन थाले ठोक्नुस्

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावमा धाँधली हुन थाले कार्यकर्तालाई प्रतिकार गर्न निर्देशन दिएका छन्।

नेपालभ्युज

प्रचण्डले कार्यकर्तालाई निर्देशन दिँदै भने – चुनावमा धाँधली हुन थाले ठोक्नुस्

धनगढी। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावमा धाँधली हुन थाले कार्यकर्तालाई प्रतिकार गर्न निर्देशन दिएका छन्। सोमबार धनगढीमा भएको राजनैतिक‐वैचारिक प्रशिक्षणमा बोल्दै चुनावमा अरूलाई ठोक्न निर्देशन दिए।
प्रचण्डले कार्यकर्तालाई निर्देशन दिँदै भने, ‘‘चुनावमा धाँधली हुन थाले ठोक्नुस्, नठोक्नाले मलाई पनि माथि हेप्छन्, तँपाईहरुलाई पनि हेपिरहेका छन्।’’
गठबन्धन हुन्छ भन्ने कुरालाई दिमागबाट हटाएर चुनावको तयारी गर्न उनले आग्रह गरे। प्रचण्डले थपे, ‘‘यो चुनाव सामान्य चुनाव होइन संविधान, सङ्घीयता, गणतन्त्र उल्टाउन खोज्ने देशी विदेशी शक्तिले माओवादीलाई सिद्ध्याउन खोजेका छन् चुनावमा पनि हामीलाई सिद्ध्याउन खोजिने छ।’’

उनले थपे त्यसैले जनताका बीचमा दुई महिना खटेर जीत हासिल गर्नुपर्ने बताए। प्रचण्डको भने, ‘‘जनता, शहिद परिवार, बेपत्ता परिवार, घाइते, अपाङ्गका बीचमा गएर आत्मसमीक्षा गर्नुस्, विगतमा गल्ती अब दोहोरिन्न दिन्नौ भन्नुस् त्यसले हामीलाई चुनाव जिताउने छ।’’
उनले परिवर्तनको बाहक माओवादीलाई सिद्ध्याउन प्रयास जारी रहेकोले आगामी स्थानीय चुनाव आफ्नो पार्टीका लागि लडाइँ जस्तै भएको बताएका छन्।
अध्यक्ष प्रचण्डले समाजवादी क्रान्तिका लागि तयार रहन सुदूरपश्चिमका माओवादी नेताहरूलाई अपिल गरे। सुदूरपश्चिमको आवश्यकता परिपूर्तिका लागि यसलाई एउटा प्रदेश बनाइए पनि त्यतिलेमात्रै नपुगेकोले समाजवादी क्रान्ति र समाजवादी यात्रा अपरिहार्य रहेको उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved