देशको आर्थिक तथा वित्तीय स्थिति खस्कियो, सबै सूचक नकारात्मक विन्दुमा

नेपालभ्युज

देशको आर्थिक तथा वित्तीय स्थिति खस्कियो, सबै सूचक नकारात्मक विन्दुमा

काठमाडौं । मुलुकको आर्थिक तथा वित्तीय स्थिति लगातार खस्किँदै सबै सूचकहरू नकारात्मक विन्दुमा झरेको छ।

नेपाल राष्ट्र बैंकले वर्तमान सरकार गठनपछिको पछिल्लो सात महीनाको तथ्यांकमा आधारित विवरण सार्वजनिक गर्दै अर्थतन्त्र निराशाजनक रहेको देखाएको छ।

राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको ठिक यतिबेला वैदेशिक रोजगारीमा जानेको संख्या ८५ प्रतिशतले घट्दा रेमिट्यान्स भने बढेको थियो। तर यस वर्ष अघिल्लो वर्षको तुलनामा करिब ५ प्रतिशतले घटेको छ।

शुरुको सात महीनामा ५ खर्ब ४० अर्ब १२ करोड रेमिट्यान्स भित्रिएको छ। गत वर्ष यही अवधिमा अघिल्लो वर्षको तुलनामा रेमिट्यान्स १० दशमलव ९ प्रतिशतले बढेको थियो। शोधनान्तर स्थिति २ खर्ब ४७ अर्ब ३ करोड घाटामा रहेको राष्ट्र बैंकले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved