धनुषा काँग्रेसको निर्वाचन शुक्रबार सर्‍यो

नेपालभ्युज

धनुषा काँग्रेसको निर्वाचन शुक्रबार सर्‍यो

जनकपुरधाम । २६ फागुन नेपाली कांग्रेस धनुषाको नयाँ नेतृत्वका लागि आज हुने भनिएको दोस्रो चरणको मतदान भोलि शुक्रबार हुने भएको छ।  जिल्ला निर्वाचन अधिकृत अरुण ज्ञवालीले उम्मेदवारहरुको सहमतिमा भएको निर्णय अनुसार सभापति पदको दोस्रो चरणको मतदान शुक्रबार बिहान ८ बजेदेखि हुने जानकारी दिए।

बिहीबार तोकिएको मतदान नहुँदा गाउँ गाउँबाट आएका मतदाताहरुले नाराबाजी गरेर विरोध जनाएका थिए। कांग्रेसका नेता कार्यकर्ताहरुले पार्टी कार्यालय घेराउ गर्दै अनाहकमा निर्वाचन सारेर आफनै नेता कार्यक्रतालाई दुःख दिने काम नगर्न नारावाजी गरेका थिए।

पहिलो चरणको निर्वाचनमा संस्थापन इतर बिमलेन्द्र निधि समूहका सभापतिका उम्मेदवार योगेन्द्र पंजियारले १२४८ संस्थापन पार्टी सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार सन्तोष यादवले ८८२ र संस्थापन इतर कै शेखर कोइराला समूहका दिनेश प्रसैलाले ६३० मत ल्याएका थिए।

प्रतिस्पर्धाबाट बाहिरिएका प्रसैलाले पंजियारलाई समर्थन जनाइसकेका छन्। धनुषामा ९१ पदका लागि २४० उम्मेदवार प्रतिस्पर्धामा छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved