आयल निगमको कार्यकारी निर्देशक पदका लागि तीन जनाको नाम सिफारिस

नेपालभ्युज

आयल निगमको कार्यकारी निर्देशक पदका लागि तीन जनाको नाम सिफारिस

काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशक पदका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले तीन जनाको नाम सिफारिस गरेको छ।

मन्त्रालयअन्तर्गत गठित छनोट तथा सिफारिस समितिले च‌ण्डिकाप्रसाद भट्ट, जीवन प्रकाश सिटौला र उमेशप्रसाद थानीको नाम सिफारिश गरेको हो। रिक्त कार्यकारी पदका लागि मन्त्रालयले २५ पुस २०७८ मा सूचना निकालेर २१ दिनभित्र आवेदन दिन भनेको थियो।

उक्त पदका लागि १७ जनाले आवेदन दिएका थिए। तीमध्ये सबैभन्दा बढी अंक ल्याउने तीन जनाको नाम वर्णानुक्रमका आधारमा सिफारिश गरिएको मन्त्रालयले जनाएको छ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved