संखुवासभामा बस दुर्घटना, कम्तिमा सातको मृत्यु

भीरबाट बस करीब ३ सय मिटर तल खोलामा खसेकाले क्षतिको यकिन विवरण आइनसकेको र उद्धारको प्रयास भइरहेको जानकारी सीडीओ खतिवडाले दिए।

नेपालभ्युज

संखुवासभामा बस दुर्घटना, कम्तिमा सातको मृत्यु
सांकेतिक तस्वीर

काठमाडौं। संखुवासभामा बस दुर्घटना हुँदा कम्तिमा सात जनाको मृत्यु भएको छ। संखुवासभाका प्रमुख जिल्ला अधिकारी(सीडीओ) नूरहरि खतिवडाले सात जनाको मृत्यु भएकोमा गम्भीर तीन घाइतेलाई उपचारका लागि चैनपुर लगिएको बताए।

झापातर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस बिहीबार बिहान करीब साढे सात बजे मादी नगरपालिका ६ सातघुम्तीमा खसेको थियो। भीरबाट बस करीब ३ सय मिटर तल खोलामा खसेकाले क्षतिको यकिन विवरण आइनसकेको जानकारी सीडीओ खतिवडाले दिए।

घटनास्थलमा उद्धारका लागि प्रहरी खटिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved