काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)ले नेपालको अर्थतन्त्रमा टेवा पुर्याउने बताएका छन्।
काठमाडौं निर्वाचन क्षेत्र नं १ अन्तर्गत शङ्खमूलमा आयोजना गरेको बुथ कार्यसमिति गठन समारोहमा बोल्दै उहाँले एमसीसी नेपालको हितमा रहेकाले कांग्रेसले प्रतिपक्षमा रहेको बेलामा पनि एमसीसीको वकालत गरेको बताएका हुन्।
“एमसीसी मुलुकको अर्थतन्त्रलाई टेवा पुर्याउने काममा लगानी हुन थालेकाले नेपालको हितमा छ भनेर कांग्रेसले सरकार र प्रतिपक्षमा हुँदा आवाज उठाउँदै आएको हो”, उनले भने। उनले विपक्षी दलले सरकारमा हुँदा एउटा र सरकारबाट बाहिरिएपछि अर्को कुरा गर्न नमिल्ने बताए।
नेता सिंहले केही दलले एमसीसीका बारेमा राष्ट्रघाती भनेर गलत प्रचार गर्दै हिँडेकोमा आपत्ति जनाए। “के एमसीसी राष्ट्रघाती भएको भए संसद्बाट पारित हुन्थ्यो त ?”, उनले प्रश्न गरे।
Facebook Comment
Comment