नेपाली कांग्रेस धनुषाको जिल्ला नेतृत्वका लागि मतदान जारी

नेपालभ्युज

नेपाली कांग्रेस धनुषाको जिल्ला नेतृत्वका लागि मतदान जारी

जनकपुरधाम। धनुषा जिल्लामा नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि अहिले मतदान भइरहेको छ।  ३ हजार १९७ मतदाता रहेका धनुषामा ९१ पदका लागि २४० उम्मेदवार प्रतिस्पर्धामा छन्।

कडा सुरक्षाका बीचमा जिल्ला अधिवेशन अन्तर्गत मतदान कार्यक्रम तीन घण्टा ढिलो गरी सुरु भएको जिल्ला निर्वाचन समितिले जनाएको छ। ढिला सुरु भएको मतदान प्रक्रिया राति ९-१० बजे सम्म चल्ने बताइएको छ।

मतदानका लागि जनकपुरधामको तिरहुतिया गाछीमा विशेष व्यवस्था मिलाइएको छ। धनुषाको ४ निर्वाचन क्षेत्र रहेकोमा प्रत्येक क्षेत्रका लागि फरक फरक बुथको व्यवस्थापन गरिएको छ।

निर्वाचन समितिले प्रकाशन गरेको नामावलीअनुसार सभापतिमा ३, दुई उपसभापतिका लागि ६, दुई सचिवका लागि ९ र दुई जना सहसचिवका लागि ६ जनाले उम्मेदवारी दिएका छन्।

सभापति पदका लागि पार्टीका वर्तमान कार्यसमितिका उपसभापति सन्तोष यादव, ३ पटक क्षेत्र नंं ४ को क्षेत्रिय सभापति भई सकेका क्षिरेश्वरनाथ नगरपालिकाका प्रमुख योगेन्द्र पंजियार र धनुषा निर्वाचन क्षेत्र नंं १ का पूर्व सांसद दिनेश प्रसैलाले उम्मेदवारी दिएका छन्। तीनै जनाले प्यानलमा नै उम्मेदवारी दिएका छन्।

मतदान सकेपछि आजै रातीदेखि मतगणना हुने नेपाली काँग्रेस धनुषाले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved