अफगानिस्तानमा शान्ति स्थापना गर्न कतारको प्रयास जारी

२ भदौदेखि २२ फागुनबीचमा कतारले ७५ हजार बढी अफगानीको उद्दार गरेको छ।

नेपालभ्युज

अफगानिस्तानमा शान्ति स्थापना गर्न कतारको प्रयास जारी

काठमाडौं । कतारले अफगानिस्तानमा मानवीय सहयोग कार्यलाई जारी राखेको छ। तालिबानले सत्ताकब्जा गरेसँगै अफगानिस्तानमा बढ्दै गएको मानवीय संकटलाई समाधान गर्ने प्रयास स्वरुप कतार सरकारले विभिन्न काम गर्दै आएको हो।

लामो समयदेखि नेटो सेनाको सुरक्षा घेरामा रहेको अफगानिस्तानमा तालिवानले गत अगष्टमा सत्ताकब्जा गरेको थियो। अमेरिकी सेना अफगानिस्तानबाट पछि हट्दै गर्दा तालिबानको कब्जामा पुगेको अफगानिस्तानमा शान्ति स्थापना गर्न कतार सरकारले प्रयास गर्दै आएको छ। तालिबानको कब्जामा सत्ता पुगेसँगै त्यहाँ उत्पन्न मानवीय संकटको समाधानका लागि कतार सरकारले करीब ७५ हजार अफगानीलाई उद्दार गरेको हो।

तालिबानले कब्जामा लिएसंगै अफगानिस्तानमा शरिया कानुन लागू गर्ने घोषणा गरेपछि महिलाहरूलाई घर बाहिर निस्किनै मुश्किल छ भने देश छाड्न चाहने व्यक्तिको भिड अझै सकिएको छैन। अन्य देशहरूले अफगानिस्तानमा रहेका आफ्ना कूटनैतिक निकाय बन्द गरेर आफ्ना नागरीक तथा कर्मचारिको उद्दार गरेको थियो। यस क्रममा कतारी एयरवेजले सहायता गरेको थियो। कतार एयरवेजले उद्दार गरेकामा नेपाली नागरिक पनि थिए।

कतार सरकारले अफगानिस्तानबाट बाहिर जान चाहनेहरूको उद्दार मात्र गरेन, उनीहरूको लागि बस्ने खाने व्यवस्था समेत गरेको थियो। अफगानिस्तानमा बढ्दै गएको मानवीय संकटलाई ध्यानमा राख्दै नेपाल सरकारले पनि परराष्ट्र मन्त्रालयमार्फत अफगानिस्तानलाई सहायता पठाएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved