नेपाल कम्युनिष्ट पार्टीका सच्चा साक्षीको अवसान : अरविन्द रिमाल

उहाँले सधैँ भरी सार्थक र इमानदार जीवन जिउनुभयो। उहाँको निधन एक सच्चा वामपन्थी, निःस्वार्थी नेताको अवसान हो। त्यसले मलाई ठूलो चोट पुर्‍याएको छ।

नेपालभ्युज

नेपाल कम्युनिष्ट पार्टीका सच्चा साक्षीको अवसान : अरविन्द रिमाल
स्वर्गीय कृष्णराज बर्मा

नेपाली कम्युनिष्ट आन्दोलनका पहिलो पुस्ताका नेता कृष्णराज बर्मा रहनुभएन भन्ने थाहा पाउँदा विस्मित भएँ। पुराना दिनको याद आयो। हुन त म अहिले आफै त्यति बोल्न सक्ने अवस्थामा छैन तर बर्माको स्मृतिमा दुई चार शब्द भन्छु।

उहाँलाई मैले पहिलोपटक २००८ सालमा भेटेको हुँ। त्यतिबेला मातृकाप्रसाद कोइरालाको नेतृत्वमा सरकार बनेको थियो। नेपाल कम्युनिष्ट पार्टी र नेपाल प्रजा परिषद्ले संयुक्त मोर्चा बनाएका थिए। हामी सँगसँगै आन्दोलनमा सहभागी भएका थियौँ। त्यतिबेला हाम्रो चिनापर्ची भएको थियो।

अरविन्द रिमाल

त्यसको दुई वर्षअघि मात्रै उहाँ नेपाल कम्युनिष्ट पार्टीमा लाग्नुभएको थियो। त्यतिबेला भएको परिचय बिस्तारै पार्टी राजनीतिको सहयोद्धाको रुपमा विकास भयो।

हामी कमरेड भयौँ। झन्डै ७० वर्ष उठबस भयो। उहाँ नेपाल कम्युनिष्ट आन्दोलनको आधारशिला नै हो। किसान आन्दोलनमा उहाँको उल्लेखनीय योगदान छ। पार्टी अभियानमा पनि उहाँले प्रशस्त योगदान गर्नुभयो। उहाँले सधैँ भरी सार्थक र इमानदार जीवन जिउनुभयो। उहाँको निधन एक सच्चा वामपन्थी, निःस्वार्थी नेताको अवसान हो। त्यसले मलाई ठूलो चोट पुर्‍याएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved