कांग्रेसको महोत्तरी जिल्ला सभापतिमा नागेश्वर यादव सर्वसम्मत

नेपालभ्युज

कांग्रेसको महोत्तरी जिल्ला सभापतिमा नागेश्वर यादव सर्वसम्मत

जनकपुरधाम । नेपाली कांग्रेसको महोत्तरी जिल्ला सभापतिमा नागेश्वर यादव सर्वसम्मत बनेका छन्। शुक्रबार भएको पहिलो चरणको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त गर्न सकेका थिएनन्। जसकारण, पहिलो चरणमा सबैभन्दा धेरै मत ल्याउने नागेश्वर र सुशिल यादवबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुने तय थियो।

तर सुशिल यादव समूहले दोस्रो चरणमा प्रतिस्पर्धा नगर्ने र नागेश्वरलाई नै सभापतिमा समर्थन गर्ने निर्णय गर्‍यो। निर्वाचन अधिकृत ईन्द्र अधिकारीका अनुसार कुल २२७६ मतदाता रहेकोमा पहिलो चरणमा २१३९ ले मतदान गरेक थिए।

खसेको मतमध्ये नागेश्वर यादवले १०५५ मत, सुशिल यादवले ७७९ मत र अर्का उम्मेदवार बजरंग नेपालीले ३ सय ०६ मत ल्याएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved