अजय देवगनको दमदार अभिनय रहेको वेभ सिरिज ‘रुद्रा’ रलिज

नेपालभ्युज

अजय देवगनको दमदार अभिनय रहेको वेभ सिरिज ‘रुद्रा’ रलिज

बलिउड अभिनेता अजय देवगनको वेभ सिरिज रुद्रः द एज अफ डार्कनेस डिज्नी प्लस हटस्टारमा रिलिज भएको छ।

क्राइम थ्रिलर सिरिज रुद्रमा अजयले डीसीपी रुद्रवीर सिंहको बलियो भूमिका निभाएका छन्। जो राशी खन्नालाई सपोर्ट गरिरहेका छन्। यस सिरिजमा अजयको क्यारेक्टरले दर्शकले निकै तारिफ गरेका छन्।

सन् २०२१ मा आएको फिल्म भुजः द प्राइड अफ इन्डियाबाट ओटीटी डेब्यू गरेका अजयले यसअघि यो फिल्म हलमा रिलिज हुने बताएका थिए। तर कोरोना महामारीका कारण ओटीटीपीमा रिलिज गरिएको हो। रुद्रामा अजय र राशीका अलावा इशा देवल र अतुल कुलकर्णीलगायत कलाकारको अभिनय छ।

रुद्रभन्दा ठीक अगाडि अजय सञ्जय लीला भन्सालीको फिल्म ‘गंगुबाई काठियावाडी’मा करीम लालाको भूमिकामा देखा परेका थिए। यो फिल्मले बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved