बुर्ज खलिफामा छायाँकन गरिएको माउन्टेन ड्युको नयाँ विज्ञापन सार्वजनिक
नेपालभ्युज
काठमाडौं । नायक अनुपविक्रम शाहीको अभिनय रहेको माउन्टेन ड्युको नयाँ विज्ञापन आज सार्वजनिक भएको छ। दुबईस्थित विश्वकै सबैभन्दा अग्लो एमारको बुर्ज खलिफामा यो विज्ञापन छायाँकन गरिएको हो।
”असाधारण परिणाम प्राप्त गर्न आफैले आफैलाई जोखिम मोल्न लगाउनेहरुको आँट र जोशमा सदा साथ दिने माउण्टेन ड्यु नेपालका युवाहरुलाई आफूभित्रको सीमा तोड्न अनि डर तथा आत्म शंकाबाट बाहिर निस्कन यो वर्ष डरको अगाडी जीत छ नामक प्रचार अभियानमार्फत् प्रेरित गर्न तम्तयार भएको छ,” विज्ञापन सार्वजनिक गर्दै कम्पनीले जनाएको छ।
”डरको अगाडी जीत छ” भन्ने जीवन दर्शनमा आधारित भएर विज्ञापन छायाँकन गरिएको कम्पनीले जनाएको छ।
”डरको अगाडी जीत छ भन्ने आदर्श वाक्यसँगै माउण्टेन ड्युले सधैं नै नेपालमा जोखिम मोल्ने र सफलता प्राप्तिका लागि डर तथा आत्म–शंकालाई पर धकेल्नेहरुलाई सलाम गर्दछ। यो वर्ष पनि वास्तविक हिरोहरु ती हुन् जसले चुनौतीहरुलाई स्वीकार्छन् र विजेताको रुपमा उभिन्छन् भन्नेलाई पुनः दोहोर्याएको छ। हामीलाई विश्वास छ अनूप विक्रमले विश्वकै सबैभन्दा अग्लो भवन बुर्ज खलिफाको टुप्पाबाट गरेको जोडदार अभिनय हेरेर नेपालका उपभोक्ताहरु रोमाञ्चित हुनु हुनेछ र उहाँहरु सबैमा डरको अगाडी जीत छ भन्ने कुराले बलियो स्थान जमाउनेछ,” नयाँ विज्ञापनबारे पेप्सीको नेपालका सिनियर मार्केटिङ्ग डाइरेक्टर नसीब पुरीले भने।
माउण्टेन ड्युको यो नयाँ विज्ञापन सबै टिभी च्यानलहरु, डिजिटल, आउटडोर, र सामाजिक सञ्जालहरुमा समेत गरी व्यापक एवं बृहद रुपमा प्रदर्शन गरिने कम्पनीले जनाएको छ।
Facebook Comment
Comment