यक्रेन हमालामा एक भारतीय विद्यार्थीको मृत्यु भएको छ। खार्किभ शहरमा भएको बमबारीमा भारतीय विद्यार्थी नवीन कुमारको मृत्यु भएको भारतीय परराष्ट्र मन्त्रालयले जानकारी दिएको हो। उनी भारतका कर्नाटक राज्यका २२ वर्षका रहेका जनाइएको छ।
मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले सामाजिक सञ्जालमा भनेका छन्– खार्किवमा भएको बम विष्फोटमा परी एक भारतीय विद्यार्थीको ज्यान गएको जानकारी पाउँदा अत्यन्तै दुःखी भएको छु। हामी उनको परिवारसँग सम्पर्कमा छौं।
यसै क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विद्यार्थीका बुवासँग कुरा गरेर दुःख व्यक्त गरेका समाचार आएका छन्। खाना लिन बाहिर गएका उनी खार्किभ नेशनल मेडिकल युनिभर्सिटीमा चौथो वर्षका विद्यार्थी थिए।
युक्रेनमाथि रूसले आक्रमण गरेको आज छैटौं दिन पुगिसकेको छ। युक्रेनका विभिन्न भूभागमा दुई पक्षीबीच भीडन्त जारी छ।

Facebook Comment
Comment