धनलक्ष्मीले आकाशमै जन्माइन् छोरा

नेपालभ्युज

धनलक्ष्मीले आकाशमै जन्माइन् छोरा

सुर्खेत। सुत्केरी हुन नसकेर उद्धार गरिएकी मुगु खत्याड गाउँपालिका-४ स्थित जुन्का गाउँकी २० वर्षीया धनलक्ष्मी रावलले हेलिकोप्टरमै बच्चा जन्माएकी छन्।

मुगुदेखि सुर्खेतसम्मको ४० मिनेटको आकाशको यात्रामा हेलिकप्टरमा चढेको ३० मिनेटपछि उनले छोरा जन्माएकी पाइलट प्रमुख सेनानी रचन श्रेष्ठलाई उद्धृत गर्दै सुर्खेतस्थित नेपाली सेनाको पश्चिम कमाण्डका सेनानी बेलिना मल्लले जानकारी दिए।

उनका अनुसार बच्चा उल्टो भएर सुत्केरी हुन नसकेपछि रावललाई सुर्खेतदेखि हेलिकप्टरबाट उद्धार गरिएको थियो।

“सुत्केरी रावललाई १८ घण्टा लामोसमयसम्म व्यथा लागेर छट्पटिएको अवस्थामा हेलिकप्टरबाट उद्धार गरिएको हो,” उनले भने, “थप उपचारका कर्णाली प्रदेश अस्पतालमा भर्ना गरिएका आमाछोरा दुवैको स्वास्थ्य अहिले सामान्य छ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved