विश्व तेक्वान्दोले खोस्यो पुटिनको ‘ब्ल्याक बेल्ट’, रूस र बेलारूसलाई प्रतिबन्ध

विज्ञप्तिमा भनिएको छ, ‘विश्व तेक्वान्दो निर्दोष जीवनमाथि क्रुर आक्रमणको कडा निन्दा गर्दछ, जो विश्व तेक्वान्दो मुल मान्यता ‘विजयभन्दा धेरै बहुमूल्य शान्ति’ तथा सम्मान र सहिष्णुताको विरुद्ध जान्छ।’

नेपालभ्युज

विश्व तेक्वान्दोले खोस्यो पुटिनको ‘ब्ल्याक बेल्ट’, रूस र बेलारूसलाई प्रतिबन्ध

काठमाडौं। विश्व तेक्वान्दोले रूसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई दिइएको नवौँ डान ब्ल्याक बेल्ट उपाधि फिर्ता लिने निर्णय गरेको छ। युक्रेनमाथि रूसको आक्रमणपछि पुटिनको उपाधि खोसिएको हो।

विश्व तेक्वान्दोले युक्रेनमाथि रूसले गरेको आक्रमणको निन्दा गरेको छ। एक विज्ञप्ति निकाल्दै विश्व तेक्वान्दोले रूस संस्थाको मूल्य र मान्यताको विरुद्धमा लागेको बताएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘विश्व तेक्वान्दो निर्दोष जीवनमाथि क्रुर आक्रमणको कडा निन्दा गर्दछ, जो विश्व तेक्वान्दो मुल मान्यता ‘विजयभन्दा धेरै बहुमूल्य शान्ति’ तथा सम्मान र सहिष्णुताको विरुद्ध जान्छ।’

यससँगै अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीसँगको ऐक्यबद्धतामा विश्व तेक्वान्दोको कुनै पनि कार्यक्रमहरूमा रूसी वा बेलारूसी राष्ट्रिय झण्डा वा गानहरू प्रदर्शन नगर्ने वा नबजाइने भएको छ।

विश्व तेक्वान्दो र युरोपेली तेक्वान्दो संघले रुस र बेलारुसमा तेक्वान्दो कार्यक्रमहरू आयोजना नगर्ने तथा मान्यता पनि नदिने विज्ञप्तिमा उल्लेख छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved