रूस र युक्रेनबीच वार्ताको तयारी

यसअघि वार्ताका लागि तयार नभएको युक्रेनले अहिले भने प्रतिनिधि पठाउन तयार भएको छ। दुवै देशको छिमेकी बेलारूसमा वार्ता हुन लागेको हो।

नेपालभ्युज

रूस र युक्रेनबीच वार्ताको तयारी

एजेन्सी। आपसमा युद्ध गरिरहेका रूस र युक्रेनका बीचमा शान्ति वार्ता गराउने तयारी भइरहेको दाबी गरिएको छ। बेलारूसले सोमबार वार्ता गर्ने तयारी भइरहेको र त्यसका लागि सबै तयारी पूरा भइसकेको पनि जानकारी दिएको छ।

अधिकारीहरुले वार्ता आइतबार नै गराउने प्रयास भएको भए पनि तयारी पूरा नभएको र पर्याप्त वातावरण नबनेकाले वार्ता हुन नसकेको उल्लेख गरेका छन्।

रूसले युक्रेनमाथि आक्रमण गरेको पाँचौ दिनमा वार्ता हुन लागेको र त्यसका लागि दुवै तर्फका प्रतिनिधिहरु आउदै गरेको बेलारूसको भनाइ छ।

यसअघि वार्ताका लागि तयार नभएको युक्रेनले अहिले भने प्रतिनिधि पठाउन तयार भएको छ। दुवै देशको छिमेकी बेलारूसमा वार्ता हुन लागेको हो।

रूसले वार्ताका लागि राखेको पहिलो प्रस्तावलाई युक्रेनले अस्वीकार गरेपछि रूसले आक्रमण अझ बढाएको थियो।

“रूस र युक्रेनका बीचमा वार्ता गराउन सबै तयारी पूरा भएको छ। हामी दुवै देशका प्रतिनिधिहरुको प्रतिक्षामा छौँ, आशा छ उहाँहरु आउनुहुनेछ र वार्ता पनि सकारात्मक हुनेछ,” बेला रूसको विदेश मन्त्रालयले सामाजिक सञ्जालमा लेखेको छ।

वार्ताका लागि तयार पारिएको ठाउँमा राखिएको लामो टेबल र केही कुर्सी सहितको फोटो पनि मन्त्रालयले सार्वजनिक गरेको छ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने वार्ताले सकारात्मक नतिजा दिनेमा आफूलाई विश्वास नभएको बताएका छन्। उनले विश्वास नभए पनि वार्ताका लागि टोली भने पठाएको जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved