रुसी फौजद्वारा यक्रेनको लगभग सबै दिशाबाट हमला जारी

रूसी फौजले आफ्नो देशमा लगभग सबै दिशाबाट हमला गरिरहेको युक्रेनी सेनाले जनाएको छ।

नेपालभ्युज

रुसी फौजद्वारा यक्रेनको लगभग सबै दिशाबाट हमला जारी

एजेन्सी। रूसी फौजले आफ्नो देशमा लगभग सबै दिशाबाट हमला गरिरहेको युक्रेनी सेनाले जनाएको छ। युक्रेनी सशस्त्र फौजका प्रमुखले आफ्नो सेनाका लागि आइतबार कठिन समय भएको फेसबुक पेजमा लेखेका छन्। उनका अनुसार रूसी फौजले लगभग सबै दिशाबाट हमला जारी राखेको छ।

रूसी सेनाले आक्रमण गरे पनि खार्किभ युक्रेनी फौजकै नियन्त्रणमा रहेको त्यहाँका गभर्नरले बताएका छन्। बिहीबार रूसले अतिक्रमण गरेयता उसका ४ हजार तीन सय सुरक्षाकर्मी मारिएको युक्रेनले दाबी गरेको छ।

युरोपेली सङ्घ ईयूले रूसी अतिक्रमणसँगै युक्रेनलाई अस्त्रहरू पठाउने अभूतपूर्व कदम चालिरहेको छ। ईयूले रूसी विमानहरूलाई आफ्नो हवाई क्षेत्र भएर उड्नमा र रूसी सरकारी सञ्चारमाध्यममाथि पनि प्रतिबन्ध लगाउँदै छ। ईयूका सदस्य राष्ट्रहरूले युक्रेनी शरणार्थीहरूलाई लिने क्रममा नियमित नियमहरूलाई पन्छाउने भएका छन्।

युक्रेनमा रूसी अतिक्रमणलाई लिएर ईयूले आवश्यक कदमहरू चालिरहँदा सदस्य देशका आन्तरिक मामिला मन्त्रीहरूले सो सम्बन्धी प्रस्तावमा सहमति जनाएका हुन्।

रूसले बिहीबार सैन्य कारबाही थालेयता युक्रेनबाट तीन लाख नागरिक भागेर आएको ईयूले जनाएको छ। यसैबीच, पारमाणिक बललाई उच्च सतर्क अवस्थामा राख्ने रूसी कदमको अमेरिकाले निन्दा गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved