युक्रेनले वार्ता अस्वीकार गरेपछि आक्रमण अझ फराकिलो बनाउने रुसको घोषणा

रुसले युक्रेनको सबैतिरबाट आक्रमण गर्ने बताएको छ। वार्ताका लागि गरेको आह्वान युक्रेनले अस्वीकार गरेको भन्दै यस्तो चेतावनी दिएको हो।

नेपालभ्युज

युक्रेनले वार्ता अस्वीकार गरेपछि आक्रमण अझ फराकिलो बनाउने रुसको घोषणा

एजेन्सी। रुसले युक्रेनको सबैतिरबाट आक्रमण गर्ने बताएको छ। वार्ताका लागि गरेको आह्वान युक्रेनले अस्वीकार गरेको भन्दै यस्तो चेतावनी दिएको हो।
रुसी रक्षा मन्त्रालयले, किभले बेलारुसमा वार्ता गर्न अस्वीकार गरेपछि रूसी सेनालाई युक्रेनमा आफ्नो आक्रमणलाई सबै दिशाबाट फराकिलो बनाउन आदेश दिएको छ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग वार्ताका लागि बेलारुसमा प्रतिनिधिमण्डल पठाउन तयार भएको बताएका थिए। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पोल्याण्डमा वार्ता गर्नुपर्ने भनेपछि रुस आक्रमक बनेको हो। आफ्नो प्रस्ताव अस्वीकार गरेपछि रुस आक्रामक बनेको समाचार संस्था अल जजिराले लेखेको छ।

रुसी आक्रमण बढ्दै गएपछि युक्रेनको राजधानी किएभमा भोलि बिहानसम्मका लागि कफ्र्यू लगाइएको छ। रुसी सेना किएभ नजिकै पुगिसकेकाले कर्फ्यु लगाउने घोषणा गरिएको बीबीसीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved